१६ चैत्र २०८०, शुक्रबार

About Us

सामान्य घरेलु समस्या र खेतीपातीको काममा आवश्यक पर्ने मल, बिउ, औषधी तथा कृषि औजार खरिद गर्न समेत
साहु महाजनका घरमा चर्को ब्याजमा ऋण लिनुपर्ने अवस्थाबाट मुक्तिको चाहना स्वरूप वि.सं. २०५३ ।०७ ।१३
गतेका दिन ३४ जना व्यक्तिहरूबाट जनही रू ५० का दरले सङ्कलित रकमबाट अनौपचारिक रूपमा स्थापित
किसान बचत समूह नै आजको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि. हो । पाँच वर्ष अनौपचारिक
रूपमा सञ्चालित यो संस्था वि.सं. २०५८ ।०५ ।२५ गते तत्कालीन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय
सुनसरीमा दर्ता नं. ०२१।०५८।५९ मा दर्ता भएपछि वैधानिकता पाई सञ्चालन हुँदै आएको छ र आज हामी
संस्थाको २२औँ वार्षिक साधारण सभा सञ्चालन गरीरहेका छौँ ।

वर्तमान संविधान २०७२ को भाग ४ को धारा ५०(३) मा ‘सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा
विकासमार्पmत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक
विकास गर्ने तथा प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित
समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र
र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको उद्देश्य हुनेछ ।’ भन्ने उल्लेख गरीएको छ । संविधानमा भएको उक्त
व्यवस्थालाई मूर्त रूप दिनका लागि एउटा सहकारी संस्थाको तहबाट हुन सक्ने सहयोग गर्नु हाम्रो संस्थाको पनि
दायित्व हो भन्ने कुरा हामीले महसुस गरेका छौँ । त्यस्तै संयुक्त राष्ट्र सङ्घमा आबद्ध १९३ सदस्य राष्ट्र सम्मिलित
सेप्टेम्बर २०१५ को ऐतिहासिक राष्ट्र सङ्घीय साधारण सभाको शिखर सम्मेलनले पारित गरी २०१६ जनवरी १
देखि २०३० डिसेम्बरको अन्त्यसम्मका लागि १७ वटा मूल लक्ष्य र १६९ वटा सहायक लक्ष्य निर्धारण गरीएका
छन् । ती लक्ष्यहरूमध्ये धेरै जसो सहकारी संस्थाहरूले पूरा गर्न सक्ने देखिन्छन् । अतः सानो अंशकै रूपमा किन
नहोस् यस संस्थाले पनि ती लक्ष्यहरू पूरा गर्न भरमग्दुर कोसिस गर्नैपर्ने हुन्छ । त्यसकारण संस्थाले पनि आफ्ना
वार्षिक नीति तथा कार्यक्रम तय गर्दा माथिका दुवै दस्ताबेजहरूको मर्म एवम् भावनालाई आत्मसात् गरीएको
ब्यहोरा निवेदन गर्दछु ।

संस्थाको वर्तमान अवस्था
१. कार्य क्षेत्र
१. इटहरी उपमहानगरपालिका
२. रामधुनी नगरपालिका
३. बराहक्षेत्र नगरपालिका (वडा नं. ११ बाहेक)
४. इनरुवा नगरपालिका (वडा नं. ९ र १० बाहेक)
५. गढी गाउँपालिका ( वडा नं. १ मात्र )


२. भौतिक अवस्था
१. इटहरी–१६, संस्थाको कार्यालय भवन र ९.२५ धुर जग्गा ।
२. इटहरी–१६, ३ कट्ठा १५.२५ धुर जग्गा ।
३. इटहरी–८, पूर्वीगैसार सेवाकेन्द्रको १० धुर जग्गा ।
४. इटहरी २०, सुन्दर सेवाकेन्द्रको कार्यालय भवन र ९ धुर जग्गा ।

३. कार्यालय तथा सेवाकेन्द्रहरू
१. संस्थाको कार्यालय, इटहरी–१६
२. रामधुनी सेवाकेन्द्र, रामधुनी–५, झुम्का बजार
३. बाङ्गे सेवाकेन्द्र, बराहक्षेत्र–७, बाङ्गे बजार
४. राजाबास सेवाकेन्द्र, बराहक्षेत्र–९, राजाबास बजार
५. चतरा सेवाकेन्द्र, बराहक्षेत्र–२, बयरबन बजार
६. इटहरी सेवाकेन्द्र, इटहरी–६ पश्चिम लाइन
७. खनार सेवाकेन्द्र, इटहरी–१२ खनार
८. पूर्वीगैसार सेवाकेन्द्र, इटहरी–८, पूर्वी गैसार
९. सुन्दर सेवाकेन्द्र, इटहरी–२०, तरहरा

४. सुशासनको अवस्था
यो संस्था सहकारी ऐन २०७४ र नियमावली २०७५, १ नं. प्रदेश सहकारी ऐन र नियमावली २०७६ को अधिनमा
रही संस्थाको स्वीकृत विनियम २०७८, ३१ वटा नीति निर्देशिका र ३६ वटा कार्यविधिसहित (PEARLS
MONITORY SYSTEM)
(४६ वटा सूचक भएको) र (ACCESS) (८६ वटा सूचक भएको) जस्ता अन्तर्राष्ट्रिय
स्तरका दुई वटा उच्च प्रविधि तथा (EVEREST CBS) सफ्टवेयर मार्फत सम्पूर्ण कारोबार विद्युतीय माध्यमबाट
सञ्चालन हुँदै आएको छ ।

५. संस्थाको नारा

‘सहकारी वृत्तमा हाम्रो किसान ः समृद्ध समाज एउटै अभियान’

६. संस्थाको परिकल्पना (VISION)

सदस्यहरूको आर्थिक तथा सामाजिक समृद्धिमा केन्द्रित, प्रतिस्पर्धी र सर्वोत्तम छनोटको वित्तीय संस्था हुने

७. संस्थाको ध्येय (MISSION)

सदस्यहरूबाट सङ्कलित बचत रकम आर्थिक उपार्जनमा केन्द्रित रही ऋण प्रवाह गर्ने र शैक्षिक, सामाजिक तथा व्यावसायिक अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने ।

८. संस्थाले गर्ने कार्यहरू

सदस्यहरूको समृद्धि र सशक्तीकरणका लागि संस्थाले निम्नलिखित कार्यहरू गर्नेछ
(क) विभिन्न शीर्षकका बचत / निक्षेप सङ्कलन ।
(ख) मूलतः उत्पादनमूलक र रोजगारी अभिवृद्धि हुने क्षेत्रमा ऋण लगानी ।
(ग) विभिन्न शीर्षकका सामाजिक र गैरवित्तीय कार्यक्रमहरू सञ्चालन ।
(घ) संस्था सञ्चालनसम्बन्धी विभिन्न नीति, निर्देशिका र कार्यविधिहरू निर्माण ।
(ङ) नेपाल राष्ट्र बैङ्कको स्वीकृति लिई बैङ्किङ कारोबार सञ्चालन ।
(च) विप्रेषण सेवा सञ्चालन ।
(छ) संस्थाको कार्यक्षेत्रभित्रका वा कार्यक्षेत्र जोडिएका प्रारम्भिक सहकारीहरूबीच एकीकरण ।
(ज) सीपमूलक तालिमहरू सञ्चालन ।
(झ) नेपाल सरकारको मान्यता प्राप्त बिमा समितिको स्वीकृति लिई कम्पनीको संस्थागत अभिकर्ता भई काम गर्ने ।
(ञ) सदस्यहरूको सर्वाङ्गीण विकासका लागि नवीन कार्यहरूको खोजी ।
(ट) स्वास्थ्य, शिक्षा, वातावरणसँग सम्बन्धित विभिन्न कार्यहरू ।
(ठ) पूर्ण रूपमा नीति, विधि र प्रविधिका आधारमा संस्था सञ्चालन ।
(ड) सदस्यहरूको आयआर्जनमूलक कार्यमा ऋण प्रवाह ।
(ढ) स्वास्थ्य, सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी कार्यहरू ।
(ण) बाल प्रतिभा विकासका कार्यहरू ।
(त) ज्येष्ठ नागरीक सम्मान तथा संरक्षण ।
(थ) महिला सशक्तीकरण तथा स्वावलम्बन विकास
(द) स्वास्थ्य सहकारी संस्थाको सदस्यता र साझेदारी
(ध) सदस्यहरूद्वारा माग गरीएका अन्य कार्यहरू ।
(न) युवा सशक्तीकरण तथा युवा विकास कार्यक्रम ।

News & Events