OTHER SERVICES
डिजिटल बैङ्किङ सेवा
क. मोबाइल बैङ्किङ सेवा
संस्थाका सदस्यहरूलाई मोबाइल मार्फत कारोवार गर्नका लागि प्ष्कबल प्बथिबल क्ष्कmबचत ःयदष्भि द्यबलपष्लन माफर्त् सेवा प्रदान गरिरहेकोसञ्चालनमा ल्याइएको छ भने यसलाई समयअनुसार थप अद्यावधिक गर्ने गरिएको छ । यस अन्तर्गत प्रतिदिन रू २ लाखका दरले मासिक २० लाख सम्मको भुक्तानी गर्न सकिने ब्यहोरा जानकारी गराउँदछु ।
ख. इ–टेलर सेवा
संस्थाका सदस्यहरूलाई नगद भुक्तानीमा छिटो छरितो ढङ्गबाट सेवा दिने उद्देश्यले इ–टेलर सेवा सञ्चालनमा ल्याइएको छ । यसबाट सदस्यहरूको बचत रकम भुक्तानी लिनका लागि भुक्तानी पुर्जाबिना दैनिक रू १,००,०००।– सम्मको भुक्तानी लिन सकिने ब्यहोरा जानकारी गराउँदछु ।
ग. क्यु. आर. भुक्तानी सेवा
व्यापार व्यवसाय सञ्चालन गर्ने सदस्यहरूका लागि आफ्नो दैनिक कारोवारको रकम सोझै किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि. मा रहेको खातामा जम्मा हुने गरी क्यु. आर. सेवा सञ्चालनमा ल्याइएको ब्यहोरा जानकारी गराउँदछु ।
घ. ए. टि. एम. सेवा
सदस्यहरूको कारोबार भुक्तानीलाई थप सहज बनाउनका लागि संस्थाले राष्ट्रिय सहकारी बैङ्क लि. सँगको सहकार्यमा ए.टि.एम. (ऋइइए ऋब्च्म्) सेवा समेत सञ्चालनमा ल्याएको र उक्त ए.टि. एम. कार्डबाट जुनसुकै बैङ्कको ए.टि.एम. वुथबाट प्रतिदिन रु १,००,००० सम्मको भुक्तानी लिन सकिने व्यहोरा जानकारी गराउँदछु ।
ङ निशुल्क रूपमा ए.बि.बि.एस सेवा
संस्थाको आफ्नो सर्भर व्यवस्थापन गरी ९ ओटै कार्यालयहरूमा इन्ट्रानेट सेवा मार्फत निःशुल्क रूपमा ए.बि.बि.एस सेवा सञ्चालन गरिएको ब्यहोरा जानकारी गराउँदछु ।