किसान कल्याण

बचत तथा ऋण सहकारी संस्था लि.

Kisan Kalyan Savings & Credit Co-operative Society LTD.

ATM Service

ए.टि.एम. (ATM) सेवा तथा विशेषताहरू (ATM Features)

  • सदस्यहरूले जुनसुकै समयमा सहजै नगद निकाल्न सकिने

  • विभिन्न बैङ्कका ATM प्रयोग गर्न सकिने:

  • ग्लोबल आइ.एम.इ. बैङ्कको ATM नेटवर्कबाट नि:शुल्क कारोबार गर्न सकिने
  • अन्य बैङ्कका ATM प्रयोग गर्दा वित्तीय कारोबारमा रु. २० तथा गैर-वित्तीय  शुल्क लाग्ने ।
  • सुरक्षित ग्रीन पिन (Green PIN): कारोबारलाई थप सुरक्षित बनाउन सदस्यको आफ्नै मोबाइल नम्बरमा ग्रिन पिन प्राप्त हुने व्यवस्था गरिएको छ

  • ब्यालेन्स सोधपुछ तथा मिनी स्टेटमेन्ट: आफ्नो ऐच्छिक खाताको रकम र कारोबार विवरण सजिलै हेर्न सकिने

ए.टि.एम. सेवा लिनका लागि प्रक्रिया (Application Procedure)

    1. ऐच्छिक खाता सक्रिय हुनुपर्ने: ए.टि.एम. सेवा लिन चाहने सदस्यको संस्थामा ऐच्छिक खाता अनिवार्य रूपमा सक्रिय (Active) हुनुपर्नेछ

    2. स्वयम् उपस्थिति तथा कागजात पेश:

      • सदस्य स्वयं संस्थाको नजिकैको सेवाकेन्द्र वा कार्यालयमा उपस्थित हुनुपर्नेछ

      • हालसालै खिचेको पासपोर्ट साइजको फोटो र नागरिकताको प्रतिलिपि बुझाउनुपर्नेछ

    3. फाराम भर्ने: संस्थाबाट प्राप्त सदस्य पहिचान (KYC) फारामए.टि.एम. सेवा सञ्चालन फाराम रितपूर्वक भर्नुपर्नेछ। फाराममा ऐच्छिक खाता नम्बर र आफ्नै व्यक्तिगत मोबाइल नम्बर स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ

    4. विवरण छानबिन तथा हस्ताक्षर प्रमाणीकरण: फाराममा उल्लिखित सदस्य नं., खाता नं., मोबाइल नम्बर र हस्ताक्षर संस्थाका कर्मचारीद्वारा छानबिन तथा प्रमाणीकरण गरिनेछ

    5. शुल्क भुक्तानी तथा कार्ड प्राप्ति:

      • फाराम स्वीकृत भएपछि आवश्यक शुल्क ऐच्छिक खाताबाट कट्टा गरिनेछ वा संस्थामा बुझाउनुपर्नेछ

      • कार्ड तयार भएपछि आधिकारिक ढाँचाको रजिष्टरमा हस्ताक्षर गरी सदस्य स्वयम्‌ले ए.टि.एम. कार्ड प्राप्त गर्न सक्नुहुनेछ

    6. ग्रीन पिन र एक्टिभेसन: सेवाकेन्द्रबाट कार्ड एक्टिभ (Activation) गराएपछि प्राप्त ग्रिन पिनको मद्दतले ए.टि.एम. सेवा प्रयोग गर्न सकिनेछ

ए.टि.एम. सेवा सम्बन्धी शुल्क विवरण (Fees & Charges)

  • सेवा / विवरण
  • शुल्क (रकम)
  • ए.टि.एम. सञ्चालन / जारी शुल्क (Issuing Fee)
  • रु. ३५०/-
  • वार्षिक कार्ड व्यवस्थापन शुल्क (Annual Fee)
  • रु. ३००/-
  • पुन: ग्रिन पिन प्राप्त गर्दा (Green PIN Regenerate)
  • रु. ५०/-
  • ग्लोबल आइ.एम.इ. बैङ्कको ATM प्रयोग गर्दा
  • नि:शुल्क
  • अन्य बैङ्कको ATM प्रयोग गर्दा (वित्तीय कारोबार)
  • रु. २०/- प्रति कारोबार
  • अन्य बैङ्कको ATM प्रयोग गर्दा (गैर-वित्तीय कारोबार)
  • रु. १५/- प्रति कारोबार
Scroll to Top